
कावासोती, १९ जेठ – प्रहरीले गस्तीको क्रममा भेटेको २८० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
नवलपरासीको दलदलेमा बिक्री लागि ल्याउँदै गरेको घरेलु मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
प्रहरीले घरेलु हिंसाका घटना हुनुमा मदिरा सेवन कारक रहेको भन्दै त्यसको न्यूनीकरणका लागि घरेलु मदिराको बिक्री वितरणमा रोक लगाएको छ । रासस