स्पेनका राजाद्धारा गद्धी त्याग

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ९:११ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – स्पेनका राजा जुआन कार्लोसले राजगद्धी त्याग गरेका छन् । उनले राजगद्धी त्यागेको प्रधानमन्त्री मारीआनो राजोयले जानकारी दिएका छन् ।

karlos७६ वर्षीय कार्लोस सन् १९७५ देखि गद्धीमा आसीन थिए । उनले आफ्ना ४५ वर्षीय छोरा फेलीपलाई गद्धी हस्तान्तरण गरेका हुन् ।

उनी विश्वकै एक प्रख्यात राजाका रुपमा रहेका थिए ।

तर, पछिल्लो समयमा उनको छोरी र श्रीमतीको भ्रष्टचारको घटनापछि आफ्ना देशवासीबाट उनले विश्वास गुमाउँदै गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us