एमाले महाधिवेशनमा ९ सय प्रतिनिधि

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ७:४१ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– एमालेको आसन्न नवौं महाधिवेशनमा देशभरबाट हजार ९ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
uml officeमहाधिवेशन मूल व्यवस्थापन समितिले पार्टी मुख्यालय बल्खुमा सोमबार पत्रकार सम्मेलन गरी महाधिवेशनमा उक्त संख्यामा प्रतिनिधि सहभागी हुने बताएका हुन् । त्यसबाहेक
महाधिवेशनमा केन्द्रीय समिति सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च लगायतबाट करिब ३ सय जना सहभागी हुनेछन् । महासचिव ईश्वर पोखरेलले हालसम्म २ लाख ५० हजार संगठति सदस्यको नवीकरण भइसकेको बताए । एमालेले महाधिवेशन सफल पार्न विभिन्न समितिसमेत गठन गरेको छ ।
प्रदीप ज्ञवालीको नेतृत्वमा प्रचार उपसमिति, गंगालाल तुलाधरको नेतृत्वमा
आवास तथा यातायात व्यवस्था उपसमिति गठन गरिएको छ । पत्रकार सम्मेलनमा महासचि पोखरेलले सुरक्षालाई दृष्टिगत गरी महाधिवेशनस्थल भृकुटीमण्डपमा सिसीटिभी क्यामेरा राखिने बताए । यस्तै उनले इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगबाट नेतृत्व चयनका लागि मतादन हुने जानकारी दिए ।

एमालेको महाधिवेशन आगामी असार १९ देखि २४ गतेसम्म राजधानीमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us