
काठमाण्डु, १९ जेठ – सुर्यबहादुर थापाले अध्यक्ष पदबाट राजीनामा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा भावी अध्यक्ष बन्न सबैले दाउ हेरिरहेका थिए ।
वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले आफूलाई स्वयं अध्यक्ष घोषणा गरेर अध्यक्षको कुर्सीमा बसेपछि पार्टी वृतमा खैलाबैला मच्चिएको छ ।
सो घटना पछि थापाले निजी निवासमा आकस्मीक बैठक बोलाएका छन् । अहिले चन्द पक्षले पार्टी चाबहिल स्थित केन्द्रीय कार्यालय कब्जा गरेका छन् ।
असामान्य अवस्था उत्पन्न नहोस् भन्नका लागि थापाको निजी निवास माली गाँउमा केन्द्रीय समिति बैठक बोलाइएको पार्टी सह प्रवक्ता किरण गिरीले जानकारी दिए ।
गत वर्ष पार्टी एकिकरण हुदाँ भएको सहमती अनुसार वरिष्ठताको आधारमा चन्द नै अध्यक्षको दाबेदार रहेको चन्द पक्षका एक नेताले काठमाण्डु टुडेलाई जानकारी दिए ।
यद्यपी थापा पक्षले पशुपती शमशेर राणालाई अध्यक्ष बनाउन चाहेको बुझिएको छ ।