गर्मीले कुखुरा मर्न थाले

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ५:५८ मा प्रकाशित

चितवन, १९ जेठ – गर्मी बढेसँगै चितवनमा कुखुरा मर्न थालेका छन् ।

poultryकेही हप्तादेखि बढेको अत्यधिक गर्मीका कारण किसानले पालेको सयौँ कुखुरा मरेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

दैनिक परीक्षणका लागि मात्रै २०, २५ वटा कुखुरा ल्याबमा आउने गरेको सो कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिए । परीक्षणका लागि ल्याउने कुखुरा यो समयमा दोब्बरले वृद्धि भएको छ ।

एक त गर्मीका कारण कुखुरा मरेको पाइएको छ भने अर्काे रानीखेत र कक्सी भन्ने रोगले कुखुरा मरेको पाइएको तर अहिलेसम्म बर्डफ्लुको सङ्केत भने कही पनि नदेखिएको उनले बताए । हप्ता १० दिनको अन्तरालमा चितवन गीतानगरका रमेश पोख्रेलको करिब एक हजार कुखुरा मरेको छ ।

रानीखेत रोगका कारण कुखुरा मरेको पशु कार्यालयले जनाएको छ । पोख्रेलको रु पाँच लाखभन्दा बढीको क्षति भएको बताइएको छ । अन्य कुखुरा फार्ममा पनि गर्मीले कुखुरा मरेको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us