
विराटनगर, १९ जेठ – मोरङको कदमाहा गाविसमा आइतबार आगलागी हुँदा छवटा घर जलेर १० लाखभन्दा बढी धनसम्पत्ति जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कदमाहा–२ बस्ने दिलु यादवको घरबाट राति १० बजे खाना पकाउने क्रममा सुरु भएको आगलागीबाट छवटा घर जल्नुका साथै घरमा रहेको अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर सो मूल्य बराबरको सम्पत्ति नष्ट भएको हो ।
विराटनगरबाट गएको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीय जनताको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । रासस