भारतसँग डराएर रोकिएको प्रधामन्त्रीको चीन भ्रमण हुने

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ४:३२ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले यसैसाता उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन् ।
Sushil-Koiralaकोइराला चीनको कुन्मिङका हुने दोश्रो चाइना एक्स्पोमा विशेष अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
यसअघि पहिलो भ्रमणका रुपमा चीन जाँदा भारत चिढिने हो कि भन्ने आशंकाका कारण कोइरालाले चीन नजाने मनस्थिति बनाएका थिए । उनले यसअघि उद्योगमन्त्रीलाई एक्स्पोमा जान निर्देशन दिएका थिए ।

तर गत साता भारतको भ्रमण सकेर आएपछि उनी आफैं चीन जाने मनस्थितिमा पुगेका हुन् । परराष्ट्र श्रोतका अनुसार कोइराला आगामी बिहीबार चीन जाने कार्यक्रम तय गरिएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकबाट केही दिनभित्रै भ्रमणबारे औपचारिक निर्णय हुनेछ । एक्स्पो आगामी जुन ६ देखि १० सम्म चल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us