
काठमाण्डु, १९ जेठ– आसन्न नवौं महाविशेनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गरेसँगै एमालेले संगठनसम्बन्धी प्रस्तावमा छलफल थाल्ने भएको छ ।
त्यसका लागि आज पुन: केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी मुख्यालय बल्खुमा दिउँसो १ बजेपछि बस्ने बैठकमा महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनसम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ ।
महासचिव पोखरेलको प्रतिवेदनमा नेताहरुको उमेर हद तोकिनुपर्ने, मुख्य नेतृत्वमा एक कार्यकालभन्दा बढी दोहोर्याउन नहुने र नेताहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यस्तै प्रस्तावमा पदाधिकारी थप गर्नुपर्ने विषयसमेत समेटिएको छ । यसैबीच एमालेले १९ औं महाधिवेशनको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको छ ।
एमाले महाधिवेशन आगामी असार १९ देखि २४ गतेसम्म राजधानीमा हुँदैछ । महाधिवेशनको मिति नजिकिंदै गर्दा अध्यक्षको दौडमा रहेका माधव नेपाल र केपी ओली पक्षले गुटगत भेला तीव्र पारेका छन् ।