दरबार हत्याकाण्डको १३ वर्ष पूरा

काठमाण्डु टुडे २०७१ जेठ १९ गते २:५९ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– त्रासदीपूर्ण नाराणणहिटी दरबार हत्याकाण्ड भएको आज १३ वर्ष पूरा भएको छ ।
birendra
२०५८ जेठ १९ गते शुक्रबार आजैका दिन नारायणहिटीभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको बंश नाश भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो ।
घटनापछि गठित तत्कालीन सभामुख तारानाथ रानाभाट नेतृत्वको टोलीले देव्यानी राणासँग विवाह गर्न परिवारले रोकेका कारण युवराज दीपेन्द्रले गोलीकाण्ड घटाएको र अन्त्यमा आफूले पनि  आत्महत्या गरेको दाबी गरेको थियो ।

यद्यपि उक्त प्रतिवेदनको सत्यतामाथि धेरैले प्रश्न उठाउँदै आएका छन् । दरबार हत्याकाण्डको १२ वर्ष बित्दासम्म सत्यतथ्य अझै बाहिर आउन सकेको छैन । दरबार हत्याकाण्ड पछि नेपाली राजनीतिले नयाँ मोड लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us