एआईजी बढुवामा नपरेका डिआईजीद्वारा उजुरी

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १५:५७ मा प्रकाशित

काठमाण्डु, १८ जेठ– नेपाल प्रहरीको एआईजी बढुवामा नपरेका ६ डिआईजीले आफूहरुमाथि अन्याय भएको भन्दै उजुरी दिएका छन् ।
nepal policeउनीहरुले उजुरी सुन्ने समितिको सचिवालयमा आइतबार उजुरी दिएका हुन् ।

यसरी उजुरी दिनेमा डिआईजीहरु यादव अधिकारी, गणेश राई, नारायण बस्ताकोटी, सुशीलवरसिंह थापा, विश्वराजसिंह शाही र पर्शुराम खत्री छन् । लोकसेवा आयोगस्थित उजुरी सुन्ने समितिको सचिवालयमा उनीहरुले फरकफरक निवेदन दिएका हुन् । बढुवा समितिले दिएको नम्बर न्यायसंगत र पारदर्शी नभएको दाबी उनीहरुको छ ।

शैक्षिक योग्यता, पदक, र कार्यक्षमताका आधारमा बढुवामा परेकाहरुभन्दा आफूहरु अगाडि रहेको जिकिर उनीहरुको छ । गृह मन्त्रालयले एआइजी बढुवाका लागि गत जेठ १३ गते ७ जनाको सिफारिस गरेको थियो । सिफारिसमा पर्नेमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us