बुद्धको प्रतिमा बेल्जियममा अनावरण

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १५:५४ मा प्रकाशित

ब्रसेल्स – गौतम बुद्धको प्रतिमा ब्रसेल्सस्थित नेपाली राजदुतावासको प्राङगणमा अनावरण गरिएको छ । सातौ गणतन्त्र दिवसका अवसरमा काँग्रेस सभासद डा प्रकाश शरण महत र बेल्जियमका लागि नेपाली राजदुत राममणि पोखरेलले अनावरण गरेका हुन । buddha statue
नेपाल बेल्जियम कुटनीतिक सम्बन्धको ५० बर्ष पूरा भएको अवसरमा बिश्वशान्तिका अग्रदुत गौतमबुद्धको प्रतिमा अनावरण गरिएको हो । पत्थरबाट निर्मित प्रतिमामा शान्तिका बाहक बुद्ध लुम्बिनीमा ६२३ बिसीम जन्मिएको उल्लेख गरिएको छ ।
कार्यक्रममा दुतावासका द्धितिय सचिव लक्ष्मण खनाल,जर्मनीका लागि नेपाली महाबाणिज्यदुत रामप्रताप थापा,लुम्बिनी कपिलवस्तु दिवस बिश्व अभियानका यूरोप सल्लाहकार दामोदरप्रसाद आचार्य,संयुक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल,गैरआवासीय नेपाली संघ यूरोपका संयोजक अर्जुन श्रेष्ठसहित बेल्जियम र नेदरल्याण्डका नेपाली प्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा पूर्वमन्त्री समेत रहेका सभासद महतले आगामी ०७१ माघ ८ गते संबिधानसभाबाट संबिधान जारी गर्ने प्रक्रियामा आफूहरु दृढ रहेको बताए । उनले भने ‘नेपालमा गणतन्त्र घोषणा भएपनि वास्तविक जनताको जीवनस्तरमा तात्विक फरक ल्याउन सक्ने अवस्थामा पुग्न सकिने अवस्था सिर्जना भइसकेको छैन किनकी फरक फरक राजनीतिक विचार र सिद्धान्त भएका राजनीतिक दलहरुको वीचमा सर्वमान्य नीति र पद्दतिलाई स्वीकार गर्ने व्यवस्था नयाँ संबिधानमा सुनिश्चित गर्ने प्रक्रियामा हामी प्रयत्नशील छौ ।’7th republican day
कार्यक्रममा राजदुत पोखरेलले देशको विकास र समृद्धिको लागि विकसित देशमा रहेका अवैतनिक राजदुतहरुले देशको कृषिजन्य लगायत विविध प्रविधि भित्रयाउन भूमिका खेल्नु पर्ने आवश्यकतामा जोड दिए । विदेशमा रहे पनि स्वदेश प्रति सबै नेपालीले आ–आफनो दायित्वलाई महसुस गरेर अगाडि बढनु पर्ने पनि उनले बताए । गणतन्त्र दिवसका अवसरमा राजदुतावासले बिहिवार यूरोपेली संघ,वेल्जियम सरकारका उच्च पदस्थ अधिकारी र विदेशी कुटनीतिक नियोगका कुटनीतिज्ञहरुका लागि बिशेष कार्यक्रम गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us