एमाले महाधिवेशनको दस्तावेज पारित

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, १८ जेठ – नेकपा एमाले केन्द्रीय समितिले आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज पारित भएको छ ।
uml officeपार्टी मुख्यालय बल्खुमा आइतबार बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मतिका आधारमा दस्तावेज पारित गरेको हो ।
दस्तावेज अध्ययन गरी महाधिवशेनमा सुझाव प्रस्तुत गर्नका लागि महाधिवेशन अगाडि नै तल्ला कमिटीमा पठाइने केन्द्रीय सदस्य योगेश भट्टराईले बताए ।

उनले दस्तावेज पारित भएकाले तोकिएकै समयमा महाधिवशेन हुनेमा आशंका गर्ने ठाउँ नरहेको दाबी गरे । अध्यक्ष खनालले गत जेठ १४ गते बसेको केन्द्रीय समिति बैठकमा दस्तावेज प्रस्तुत गरेका थिए । एमाले महाधिवशेन आगामी असार १९ देखि २४ गतेसम्म काठमाण्डुमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us