काँग्रेस–एमाले सातबुँदे सहमतिप्रति राष्ट्रपतिको आपत्ति

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १५:२७ मा प्रकाशित

काठमाण्डु–राष्ट्रपति डा रामवरण यादवले सराकार गठनको समयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा राष्ट्रपति पदको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन ।

सर्वोच्च अदालतको फैसला विपरीत दुई दलले सरकार गठनको समयमा गरेको सहमतिमा राष्ट्रपतिलाई दलीय विल्ला भिराउने कार्य गरेको भन्दै उनले दुख ब्यक्त गरेका हुन । rambaran

विपि चिन्तन प्रतिष्ठानद्धारा राष्टपति भवन शीलत निवासमा आयोजित वीपी कोइरालाको जन्म शताब्दी स्मारक मुद्रा विमोचन कार्यक्रममा राष्ट्रपति यादवले राष्ट्रपति पदका विषयमा गरेको सहमतिप्रति असहमति जनाएका हुन ।
राष्ट्रपतिको कुर्सीमा जनताको आर्शीवादले आएको भन्दै उनले समयमा संविधान बनाउन नसक्ने दलहरुले आफ्नो कमजोरी ढाकछोप गर्न संवैधानिक रुपमा रहेको राष्ट्रअध्यक्षको टाउकोमा दोष थोपर्न खाजेको भनेर आक्रोश व्यक्त गरेका छन ।
राजनीतिक दलहरुले दुई वर्षमा संविधान बनाएको भए दुई वर्षमै पदबाट हट्नुपर्ने बाध्यता आफुमा रहेको भए पनि दलहरुको असफलताले नै कार्यकाल लम्बिएको उनले बताए । आफु रहरले कुर्सीमा नवसेको औल्याउदै दलहरुले जति छिटो संविधान बनाउछन त्यति छिटो कुर्सीबाट हट्ने प्रतिबद्धता पनि उनले बताए ।
राष्ट्रपति यादवले आफु विगतमा कांग्रेस भएको तथ्य सवैसामु खुलस्त रहेको तर राष्ट्रपति पदमा आसिन भएपछि आफु कुनै दल विशेषको नभएर सच्चा नागरीक र राष्ट्राध्यक्ष रहेको बताए । दलहरुलाई मिलेर लोकतान्त्रिक संविधान जारी गर्न आग्रह गर्दै राष्ट्रपति यादवले आफु विपिको अनुयायी भएको भने प्रष्ट पारेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us