
काठमाण्डु १८ जेठ – एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले सरकारले मनपरि खर्च गरेर राज्य कोषमा ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आर्थिक वर्षको अन्त्यमा गैरबजेटरी रकम मनपरि खर्च गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘आर्थिक वर्षको अन्त्यमा करोडौंको गैरबजेटरी रकम मनपरी ढंगले मन्त्रालयहरुबाट पार्टी कार्यकर्ताहरुको बलमा वितरण हुनु राज्यकोषको ब्रमलुट हो’, भट्टराईले ट्वीटमा भनेका छन् ।