प्रेमिकालाई एकान्तमा बोलाएर प्रेमीद्वारा सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १४:१६ मा प्रकाशित

कपिलवस्तु, १८ जेठ– कपिलवस्तु बुढ्ढी गाविसकी एक युवतीमाथिसामूहिक बलात्कार भएको छ ।
स्थानीय मन्दिप थारुले बुढ्ढी तालमा बोलापछि आएकी उनकी प्रमिकालाई
बिहीबार राति थारुसहित उनका साथीहरुले सामूहिक बलात्कार गरेका हुन् । सुरुमा बलात्कार हुन लागेको संकेत पाएपछि भाग्न खोज्दा सबै मिलेर नियन्त्रणमा लिएर बलात्कार गरेको युतवीले प्रहरीसमक्ष बताएकी छन् ।

घटनापछि उनी आफन्तको घरमा आश्रय लिएर बसेकी थिइन् । घटना बाहिर आएपछि पीडक पक्षले युवतीका परिवारलाई कुरा मिलाउन दबाब दिएका थिए । तर पीडित पक्षले दबाब स्वीकार गरेन र प्रहरीमा उजुरी हाल्यो ।

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रकुमार शर्माले घटनामा संलग्नलाई कुनै हालतमा उम्कन नदिने बताएका छन् ।

शर्माका अनुसार प्रहरीले घटनामा युवतीका प्रेमी बुढ्ढी–२ का १७ वर्षीय मन्दिप थारु, राधे थारु, शंकरदेव थारु, बजरंगी थारु र सुनिल थारु संलग्न रहेको खुलेको छ । उनीहरु पााचै जना फरार छन् । पीडित युवतीको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us