
काठमाण्डु – रणवीर कपुर र कैटरीना कैफको प्रेम चक्करले फिल्मीबजार गर्माइरहेको छ । पापाराजीको लागि मसलेदार ‘स्कूप’ बनिरहेका छन् ।
यी ‘लभ बर्ड्स’लाई कहिले स्पेनमा चुम्माचाटी गरिरहेको त कहिले दक्षिण अफ्रिकामा रोमान्समा झुमिरहेको अवस्थामा भेटिन्छ ।
तर, कपुर परिवारले कैफलाई बुहारी स्विकार्न आनाकानी गरिरहेको थियो । तर रणवीरले कैफलाई राख्न छुट्टै घर खरिद गरिसकेका छन् ।
एकपछि अर्को गर्दै यी जोडी बिचको प्रेमसम्बन्ध झाङगीदै गएको देखेपछि रणवीरकी आमा नीतु र बाबु ऋषि कपुरले कुनै प्रतिक्रिया नजाउने भएका छन् ।
उनले आमालाई संगै बस्न आउन पनि आग्रह गरेका छन् । तर आमा नीतुले आग्रहलाई नकारेकी छिन् ।