यार्सागुम्बा संकलनमा गएका तामाङको शव फेला

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ७:०० मा प्रकाशित

डोल्पा, १८ जेठ – डोल्पाको माझफाल गाविस–९ स्थित रुपपानी सामुदायिक वनको ज्ञाने खोलामा सिन्धुपाल्चोक जिल्लाका हर्क तामाङको शव फेला परेको छ ।

उनको शवलाई स्थानीयको सहयोगमा प्रहरी चौकी माझफालले शनिबार फेला पारेको हो । उनको साथबाट एक थान क्यामरा र रु आठ हजार १०० रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

उनी यार्सागुम्बा सङ्कलनका लागि गएको प्रहरीले जनाएको छ । तामाङको शव गलिसकेको हुनाले १० दिन अगाडि नै मृत्यु भइसकेको प्रहरीले आशङ्का गरेको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पताल दुनैमा लगिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us