एमाले नवौं महाधिवेशनकाे मूलनारा – ‘शान्तीपूर्ण जनक्रान्तीका उपलब्धीलाई संस्थागत गरौं । जबजको मार्गनिर्देशनमा समृद्ध नेपाल निर्माण गरौं ।’

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ३:५० मा प्रकाशित

काठमाण्डु, १८ जेठ– नवौं महाधिवेशनको तयारीका लागि एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले नवौं महाधिवेशनका लागि मूलनारा – ‘शान्तीपूर्ण जनक्रान्तीका उपलब्धीलाई संस्थागत गरौं । जबजको मार्गनिर्देशनमा समृद्ध नेपाल निर्माण गरौं ।’ तय गरेको छ ।

uml officeबिहान ११ बजेपछि पार्टी मुख्यालय बसेकाे बैठकमा महाधिवेशनका लागि अध्यक्ष झलनाथ खनालले तयार पारेको राजनीतिक प्रतिवेदन पास भएको छ । सहभागी केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफमा अध्यक्ष खनालले सुझावलाई समेटेर लैजाने छुटफुट कुरालाई समेट्ने र ब्याख्या बिश्लेषण गर्दै लगिने सहमती भएको केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष खनालले जवाफमा  भने ‘नेपाली समाज पूँजीवादमा प्रवेश गरेको छ । ०६२ ÷०६३ मा राजनीतिक क्रान्ती सम्पन्न भयो । अब बहुदलीय व्यवस्थालाई सुदृढिकरण गरी समाजवादको आधार तय गर्ने दिशातर्फ अगाडी बढ्नुपर्ने बेला भएको छ ।’

महाधिवेशन मिति नजिकिंदै गर्दा वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी ओली समूहले तयारी तीव्र पारेका छन् ।

निर्वाचनका लागि प्यालन घोषणा गरिसकेका दुवै समूहले दैनिकजसो देशव्यापी रुपमा कार्याकर्ता भेला गर्दै आएका छन् । नेतृत्व आफ्नो पक्षले लिन दुवै समूहले एकअर्कामाथि गम्भीर प्रकृतिका आरोप समेत लगाउने गरेका छन् । नेताहरु गुटगत गतिविधिमा संलग्न भएका कारण राजनीतिक प्रतिवेदनमाथिको छलफल प्रभावित हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us