सर्पले टोकेकी बालिकालाई भ्यागुताले टोकेको भनेर घरेलु उपचार गर्दा…….

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ३:०८ मा प्रकाशित

गौशाला, १८ जेठ– विषालु सर्पको टोकाइबाट शनिबार राति महोत्तरी सुन्दरपुरकी एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरपुर–६ का पच्चु साह तेलीकी सात वर्षीया छोरी रीताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
राति ८ बजेको समयमा आफ्नै घरको आागनमा बसिरहेका बालिकालाई भ्यागुता लिएर आागनमा आएको विषालु सर्पले टोक्दा निजको मृत्यु भएको प्रहरी निरीक्षक एकवाल हवाडीले बताए ।

बालिकाले आफूलाई भ्यागुताले टोकेको भनेपछि परिवारले खासै ध्यान दिएनन् तर तुरुन्तै बालिका साहको अवस्था सिकिस्त हुन थालेपछि परिवाजनले घरेलु उपचार सुरु गरेका थिए । घरेलु उपचारकै क्रममा राति ९ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक हवाडीले जानकारी दिए ।

मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us