पदयात्रामा गएका तीन युवा सम्र्पकविहीन

काठमाण्डु टुडे २०७१ जेठ १८ गते ३:०० मा प्रकाशित

म्याग्दी, १८ जेठ– म्याग्दीको राउन्ड धौलागिरि पदयात्रा गर्न गएका तीन  युवा १० दिनदेखि सम्र्पकविहीन भएका छन् ।
जिल्लाको मुदी गाविसमा पर्ने राउन्ड धौलागिरि पदमार्गमा गएका काठमाण्डुका विष्णु पन्त, सक्षम थापा र विवेक थापा सम्र्पकविहीन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जेठ ६ गते काठमाण्डुबाट हिँडेका उनीहरु जेठ ७ गते दरवाङ हुँदै पदमार्गमा गएको प्रहरी निरीक्षक इन्द्रकुमार अधिकारीले जानकारी दिए । परिवारबाट सम्पर्कविहीन भएको जानकारी आएपछि शुक्रबारदेखि खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
खोजी कार्यका लागि दरवाङबाट खटिएको प्रहरी टोली आइतबारसम्म इटालीबेस क्याम्प पुग्ने भएको छ । यसैगरी पाखापानी प्रहरी चौकीबाट पनि अर्को टोली परिचालन गरिएको छ भने जिल्लाबाट थप एक टोली आइतबार खोजीका लागि पठाइएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us