गौर कारागारबाट २ कैदी फरार

काठमाण्डु टुडे २०७१ जेठ १८ गते २:४३ मा प्रकाशित

गौर, १८ जेठ -गौर कारागारबाट शनिबार २ कैदीे फरार भएका छन् । एक भारतीय नागरिकसहित अस्पतालमा उपचारको लागि लगिएको कैदी फरार भएपछि एक प्रहरी जवानसमेत बेपत्ता भएका छन् ।

कारागारका कैदी मोहम्मद जावेदलाई उपचारको लागि अस्पताल लगेको बेला त्यहींबाट फरार भएका हुन् । लगत्तै कारागारका चौकीदार नबिनकुमार यादव समेत फरार भएका थिए । जावेदलाई अस्पताल लैजाने प्रहरी जवान गौरी शंकर साहसमेत सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

यादव अपहरण मुद्दामा र जावेद लागुऔषध ओसार पसारको मुद्दामा कारागारमा थिए । प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार भारतीय नागरिक सहित २ कैदी फरार भएको जानकारी दिए ।

डीएसपी भीम ढकालले फरार भएकालाई खोजी गरिरहेको बताए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us