पर्यटन व्यवसायीले आज सचेतना जुलुश निकाल्ने

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १:४४ मा प्रकाशित

काठमाण्डु, १८ जेठ – नेपाल पर्यटन बोर्डमा भएको अनियमितता छानबिन गर्नुपर्ने माग राख्दै विगत एक महिनादेखि आन्दोलनमा रहेका पर्यटन व्यवसायीले आइतबार आज अपराह्न सचेतना ¥याली निकाल्ने भएका छन् ।

पर्यटन व्यवसायीको संयुक्त सङ्घर्ष समितिको आज बसेको बैठकले बन्द, हड्तालको कार्यक्रम जायज नहुने भन्दै सचेतना ¥याली निकाल्ने निर्णय गरेको हो ।

¥याली ठमेलबाट सुरु भई सहरका विभिन्न स्थानको परिक्रमापछि भृकुटीमण्डप पुगेर सभामा परिणत हुने ठमेल पर्यटन परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।

बोर्डभित्र अनियमितता र भ्रष्टाचार मौलाएको भन्दै आन्दोलनरत् पर्यटन व्यवसायीले तत्काल आफूहरुले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

सरकारले व्यवसायीको मागमा कुनै सुनुवाइ नगरेको भन्दै आइतबार बन्दको कार्यक्रम राखेपनिसो कार्यक्रम भने स्थगित गरेको छ ।
आन्दोलनका थप कार्यक्रम कस्तो तय गर्ने भन्ने सम्बन्धमा भने आइतबार पुनः बैठक बसेर तय गरिने उनको भनाइ छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us