खसीको भनेर बाख्राको मासु बेचेकाे अाराेपमा प्रचण्ड र टिकाराम पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ७:३१ मा प्रकाशित

बागलुङ, १७ जेठ– खसीको भनेर बाख्राको मासु बेच्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
प्रहरीले बाग्लुङ नगरपालिका–२ मा रहेको शुभकामना फ्रेस हाउसका सञ्चालक तित्याङ–९ का टिकाराम पौडेल र सोही नगरपालिका–३ का प्रचण्ड राजभण्डारीलाई पक्राउ गरेको हो ।
राजभण्डारीले खसी काटेको भन्दै बिक्रीका लागि बाख्राको मासु पुर्‍याएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैले आधा खसी र आधा बाख्राको मासु मिसाएर बेच्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई कालो बजारी ऐनअन्तर्गत मुद्धा चलाइने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us