संविधानसभालाई २१ बुँदे सुझाव दिंदै बारको सम्मेलन सकियो

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ७:२३ मा प्रकाशित

काठमाण्डु, १७ जेठ – नेपाल बार एसोसिएसनको आयोजनामा राजधानीमा तीन दिनसम्म चलेको संवैधानिक सम्मेलन शनिबार सकिएको छ।
सम्मेलनले छलफलमा आएका सुझाव र निष्कर्ष समेटेर संविधानसभासमक्ष २१ बुँदे सुझाव पेश गरेको छ ।

सुझाव शनिबारै सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाइएको छ ।
सम्मेलनमा न्यायपालिका, शासकीय स्वरुप, राज्य पुनसंर्रचना, निर्वाचन प्रणाली र नागरिकतालगायत विषयमा विभिन्न २९ वटा कार्यपत्रमाथि छलफल भएको थियो । सम्मेलनले नयाँ संविधानले छुट्टै सवैधानिक अदालतको व्यवस्था गर्नुुपर्ने, न्यापरिषदको संरचना परिवर्तन गर्नुपर्ने र संसदीय सुनुवाइको प्रक्रिया सुधार गर्नुपर्ने लगायतका सुझाव दिएको बारका उपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार पहिचान र सामाथ्र्यका आधारमा प्रदेशहरुको निर्धारण गर्न बारको सुझाव छ । प्रदशेको नामाङकरणको जिम्मा सम्बन्धित प्रदेशिक सभालाई दिनुपर्ने र प्रदेश निर्माणमा बहुजातीय र बहुभाषिक हुनुपर्ने बारको निष्कर्ष छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us