मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उजुरीको छानविन सुरु

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ३:०६ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकाठमाण्डु, १७ जेठ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयविरुद्ध परेका उजुरीमाथि अनुसन्धान सुरु गरेको छ ।

आयोगले टोली नै खटाएर अनियमिततामाथि अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलगायतका पदाधिकारीलाई कार्यालयमै बोलाएर पहिलो चरणमा उजुरीको वास्तविकताबारे बुझ्ने तयारी अख्तियारले गरेको छ ।

विश्वविद्यालयका आवश्यक कागजपत्र मागिएको र कागजपत्र प्राप्त हुने बित्तिकै विस्तृत अध्ययन सुरु गरिने बताइएको छ । विश्वविद्यालयका सबै कागजपत्र रजिस्ट्रारसँग भएकाले रजिस्ट्रारलाई बोलाएको समयमा उपस्थित गराउने गरी उपकुलपति पद्मलाल देवकोटालाई कागज गराइएको बताइएको छ ।

विश्वविद्यालयका आवश्यक कागजपत्र लिएर अख्तियारले बोलाएको जुनसुकै बेला उपस्थित हुने गरी उपकुलपतिलाई निर्देशन दिइएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us