कर्णालीको सिमीको स्वाद काठमाण्डुलाई

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ३:०० मा प्रकाशित

काठमाण्डु, १७ जेठ – को बिक्री वितरण सुरु कर्णाली अञ्चलमा उत्पादन भएको स्वादिलो सिमी राजधानीका उपभोक्ताले खान पाउने भएका छन् ।

खाद्य संस्थानले कर्णालीको सिमीलाई पहिलो पटक राजधानी ल्याएर बिक्री वितरण सुरु गरेपछि राजधानीका उपभोक्ताले सो सिमीको स्वाद चाख्न पाउने भएका हुन् । संस्थानले कर्णाली अञ्चलका जुम्ला, हुम्ला, कालीकोट, मुगु र डोल्पाबाट सङ्कलन गरेको सिमी केही समय पहिले राजधानी ल्याएको थियो ।

सिमीको बिक्री वितरण सुरु गरिएको हो । कर्णाली अञ्चलमा प्रतिकिलो १ सय १० रुपैँयामा खरिद गरेको सिमी संस्थानले बाग्मती अञ्चल कार्यालयको गोदाम थापाथलीमा बिक्री वितरण सुरु गरेको छ । संस्थानले पहिलो चरणमा १२ क्विटल सिमी राजधानी भित्र्याएको छ । संस्थानले उपभोक्तालाई प्रतिकिलो १ सय ५० रुपैँयामा सिमी उपलब्ध गराउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us