प्रेस युनियन काठमाण्डुको अधिवेशन आज

काठमाण्डु टुडे २०७१ जेठ १७ गते २:१३ मा प्रकाशित

press unionकाठमाण्डु, १७ जेठ – नेपाल प्रेस युनियन काठमाडौं साखाको अधिवेशन आज हुँदैछ । डिल्लिबजार स्थित नेपाल साँस्कृतिक संघको सभाहलमा हुने अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागी नयाँ नेतृत्व छनोट गर्नेछ ।

प्रेस युनियन काठमाडौंको नेतृत्वको लागी तीन जना पत्रकार आकांक्षी देखिएका छन् । पत्रकार नकुल अर्याल, जिवन भण्डारी र संगम वानियाले अध्यक्ष पदको लागी उमेद्वारी घोषणा गरिसकेका छन ।

हालसम्मको ईतिहासमा एकपटक मात्रै निर्वाचन भएको काठमाडौं शाखामा यो पटक पनि सहमतीको लागी भन्दै शुक्रवार राति अवेरसम्म युनियनकै अग्रज पत्रकारहरुले गरेको प्रयास सफल हुन सकेन।

तीनै जनाले निर्वाचनबाट आउने परिणामलाई स्विकार गर्ने तर मैदानबाट पछी नहट्ने अडान लिएपछी अन्ततः निर्वाचन नै हुने परिस्थिती बनेको छ । तर सहमतीको लागी अझै पनि प्रयास जारी रहेको बताईएको छ ।
अध्यक्ष पदका तीन जना आकांक्षीलाई सम्मानजनक हैसियतमा जिल्ला, अञ्चल तथा उपत्यका गरी बिभिन्न ठाउँमा स्थापित गराउने लगायतका सर्तका बीच सहमतीको प्रयास जारी रहेको बताईएको छ । अधिवेशनको उद्घाटन दिउँसो ११ बजे सञ्चारमन्त्री मिनेन्द्र रिजालले गर्ने भएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us