एमाओवादीले संसद अवरुद्ध गरेपछि जिल्लियो एमाले

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १३:५८ मा प्रकाशित

काठमाण्डु, १६ जेठ– एमाले संसदीय दलको बैठकमा सरकारको नेतृत्वकर्ता दल काँग्रेसले अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयमा मन्त्रालयबाट गैरबजेटरी रकम दुरुपयोग गरेको भन्दै सभासदले आक्रोश पोखेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा सभासदलहरुले सरकार र काँग्रेसको चर्को आलोचना गरे । उनीहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले गैरबजेटरी खर्च रोक्न कुनै पहल नगरेको भन्दै आपत्ति जनाए ।

यस्तै बैठकमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसहित मन्त्रीहरु सहभागी नभएकामा समेत सभासदको आपत्ति थियो । सभासद रवीन्द्र अधिकारीले संसदयि दलको बैठकमा मन्त्रीहरु सहभागी नभएको विषयलाई गम्भीर रुपमा लिइएको बताए । त्यसलगत्तै बस्ने बजेट अधिवेशनमा उक्त विषयमा कुरा उठाउने तयारी गरेको एमाले प्रतिपक्षी एकीकृत माओवादीले संसद अवरुद्ध गरेपछि जिल्लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us