
चितवन, १६ जेठ – चितवनको रत्ननगरमा जन्ती बोकेको ट्रयाक्टर शुक्रबार दिउँसो दुर्घटना हँुदा १० यात्रु घाइते भएका छन् ।
पश्चिम चितवनको पटिहानीबाट टाँडीतर्फ जाँदै गरेको ना४त ४७६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रासस