अख्तियार द्वारा आयल निगमका कार्यकारी निर्देशकसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, १६– जेठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पक्राउ परेका नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालसहित २० विरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले गैरकानुनी निर्णयका आधारमा कर्मचारीलाई बोनस बाँडेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको बताए ।

मुद्धा दजायर गरिएका अन्यमा सत्यालसहित निर्देशक नागेन्द्रा साह, प्रवन्धकहर कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उपनिर्देशक शरदप्रसाद पौडेल, सुशील भट्टराई, उपप्रवन्धक नवविनोद पोखरेल, सहायक प्रवन्धक प्रदिपमान वसी र वरिष्ठ सहायक देवीप्रसाद न्यौपाने छन् ।

यस्तै तत्कालीन निमित्त कार्यकारी निर्देशकहरु सुरेशकुमार अग्रवाल र शिवप्रसाद पुडासैनी, नायव कार्यकारी निर्देशक जयराज आचार्य¸ निमित्त नायव कार्यकारी निर्देशक मुकुन्द ढुङगेल¸ निर्देशकहर भुवनेश्वर राजभण्डारी¸ रमेशचन्द्र कोइराला र मोहनकुमार कार्की¸ प्रबन्धकहर कुमार विक्रम कार्की र सुभाषचन्द्र दाहाल तथा शिव प्रसाद अधिकारीविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरुमाथि निगम घाटामा गएर ठूलो रकम ऋण तिर्न बाँकी हुँदा समेत अनियमित तवरले बोनस वितरण गरेको आरोप लगाइएको छ ।
अख्तियारले निगम नाफामा नगएसम्म अवस्थामा बोनस वितरण नगर्न आदेश दिए पनि आब २०६६ र ०६७ मा करिब ११ अर्ब ४४ करोड ऋण तिर्न बाँकी रहँदै १ करोड ७२ लाख ५८ हजार चारसय ५ रुपैयाँ बोनस वितरण गरेको अभियोग उनीहरुमाथि लागाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us