प्रचण्डले धाँधलीको कुरा उठाएपछि संसद् अवरुद्ध

काठमाण्डु टुडे २०७१ जेठ १६ गते ११:३० मा प्रकाशित

काठमाण्डु, १६ जेठ– काठमाण्डु, १६ जेठ– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले प्रमुख दलबीच भएको चार बुँदे सहमति पालना नभएको भन्दै संसदको बजेट अधिवेशन prachanda 1अवरुद्ध गरेको छ ।
सहमतिअनुसार ४ मंसिरमा भएको दोश्रो संविधानसभा निर्वाचनमा भएको धाँधली छानबिन समिति र उच्चस्तरीय राजनीतिक समिति गठन नभएको भन्दै एमाओवादीले संसद् अवरुद्ध गरेको हो ।

बैठकमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार बुँदे सहमति पालना गर्न सरकार उदाशीन भएको बताए ।
‘हामी चार बुँदे सहमतिको जगमा संविधानसभामा आएका हौं, संविधानसभा निर्वाचनमा धाँधली छाननिवका लागि समिति गठन गर्ने प्रतिबद्धतामा सरकार उदाशीन बनेको छ’, प्रचण्डले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम र संविधानसभाबाहिर रहेका दललाई समेत सहमतिमा ल्याउन उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने भनिएको थियो त्यसमा पनि चासो देखाइएको छैन ।’

यस्तै प्रचण्डले हालै भएको नेपाल प्रहरीको एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै आपत्ति जनाएका थिए । प्रतिपक्षीको अवरोधपछि आगामी जेठ १८ गते दिनको तीन बजेका लागि स्थगित भएको छ ।

त्यसअघि सभाध्यक्ष सुवास नेम्वाङले बजेट अधिवेशन सुरु भएको भन्ने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गरेर सुनाएका थिए । बजेट अधिवेशन सुरु भएलगगत्तै एमाओवादी र राप्रपा नेपालका सभासदले संसद बैठक चल्न नसक्ने भन्दै विरोध जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us