
काठमाण्डु , १६ जेठ – पाँच वर्षको अवधिमा लागु पदार्थ प्रयोगकर्ताको संख्या दोब्बर बढेको एक सर्वेक्षणले देखाएको छ । पाँच वर्षअघि ५० हजारको संख्यामा रहेका प्रयोगकर्ता अहिले ९१ हजार पुगेको छ ।
फेडेरेसन अफ ड्रग डिमान्ड रिडक्सन (एफडीडीआर) ले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । कार्यक्रममा नवकिरण प्लसका अध्यक्ष राजीव काफ्लेले लागु पदार्थ प्रयोगकर्ताहरुलाई तत्काल उपचार र पुनस्र्थापना गराउने कार्यक्रम ल्याउन सरकारसँग माग गरे ।
हाल मुलुकमा १६० वटा लागुऔषध पुनस्र्थापना केन्द्र छन् । त्यसमा १६ सय जना प्रयोगकर्ताले रोजगारी पाएका छन् । हरेक संस्थामा दुई सय जनाले वार्षिक उपचार पाएका छन् भने सबै सस्थामा गरी जम्मा ३२ हजारले मात्र उपचार पाएका छन् ।
लागुपदार्थ रोकथाम रणनीतिमा सरकारले प्रत्येक विकास क्षेत्रमा एकएक वटा नमुना पुनस्र्थापना केन्द्र चलाउने भनिए पनि सात वर्ष बित्दा पनि एउटा पनि खोल्न नसकेको काफ्लेले बताए ।