गणतन्त्र दिवसमा नारायणकाजीको चियापान

काठमाण्डु टुडे २०७१ जेठ १६ गते ७:२३ मा प्रकाशित

काठमाण्डु, १६ जेठ– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले सातौं गणतन्त्र दिवसको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका narayan kajiछन् ।

श्रेष्ठले आज साँझ साढे ६ बजेदेखि ८ बेजसम्म लतिपुरको हात्तीवनस्थित निवासमा चियापान कार्यक्रम गर्न लागेका हुन् । सरकारी तवरमा भने हिजो गणतन्त्र दिवस मनाइएको थियो । उनले नागरिक तहबाट आफूले दिवसको अवसर पारेर चियापान आयोजना गरेको बताए ।

चियापानमा प्रधानमन्त्री सुशील कोइरालासहित राजनीतिक दलका शीर्ष नेता (एउटा दलबाट बढीमा चारजनासम्म) सरकारका मन्त्रीहरु, पूर्वपराष्ट्रमन्त्री, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक अगुवा र पत्रकारलाई बोलाइएको श्रेष्ठले बताए । उनले गणतन्त्र दिवसको अवसरमा गतवर्षदेखि चियापान आयोजन ागर्ने परम्परा थालेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us