बावुराम भटटराईले रमेश खरेललाई भने ‘इमान्दार अफिसर’

काठमाण्डु टुडे २०७१ जेठ १६ गते ४:११ मा प्रकाशित

Baburamकाठमाण्डु, १६ जेठ– पूर्वप्रधानमन्त्री एवम् एकीकृत माओवादी नेता बाबुराम भट्टराईले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवामा  आर्थिक चलखेल भएको आरोप लगाएका छन् । 


सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एआईजिपी बढुवामा आर्थिक चलखेल भएको बताएका हुन् । गृह मन्त्रालयले बढुवा समितिको सिफारिसमा केही दिनअघि सात डिआईजिपीलाई एआईजीपीमा बढुवा गरेको थियो ।

भट्टराईले आफ्ना वरिष्ठ अधिकारीमाथि भंष्टाचारको आरोप लगाएको भन्दै गृहले प्रहरी प्रधान कार्यालय तानेका काठमाण्डु प्रहरी प्रुमख रमेश खरेलको बचाउसमेत गरेका छन् । उनले खरेललाई ‘ईमान्दार अफिसर’ को संज्ञा दिएका छन् ।  


‘प्रहरीको एआईजी बढुवामा आर्थिक चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ’, ट्वीटमा भट्टराईले भनेका छन्, ‘यसबारे भेद खोल्ने इमान्दार अफिसरलाई उल्टै कारबाही गर्नु ठीक भएन ।’

राजधानीमा गत शनिबार भएको एक कार्यक्रममा खरेलले परराष्ट्रमन्त्री महेन्द्रबहादुरल पाण्डेकै अगाडि प्रहरीका डिआईजिपीहरु बढुवाबा लागि ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउन लागेको अभिव्यक्ति दिएपछि गृहले उनलाई काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको थियो । त्यस सम्बन्धमा निर्वाचन आयोगले अझै निर्णय दिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us