
काठमाण्डु, १६ जेठ– संविधानसभा अन्तर्गतको संवैधानिक मस्यौदा समितिले संविधानको पहिलो मस्यौदा तयारका लागि पाँचवटा उपसमिति गठन गर्ने प्रस्ताब गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले संविधाको पहिलो मस्यौदा निर्माणका लागि पाँचवटा उपसमिति गठन गर्ने प्रस्ताब गरेको हो । समितिले प्रस्ताब गरेको समितिमा संविधानको प्रस्ताबना र परिभाषा उपसमिति, मौलिक हक आयोग र राज्यको निर्देशक सिदान्त उपसमिति र न्यायपालिका उपसमिति रहेका छन् ।
यस्तै अन्य उपसमितिमा व्यवस्थापिका उपसमिति र कार्यपालिका उपसमिति गठन गर्ने प्रस्ताब बैठकले गरेको छ । समितिका सदस्यको टुंगो आज दिउँसो साढे ४ बजे बस्ने समितिको बैठकले गर्ने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
उपसमितिले मस्यौदा समितिबाट पारित प्रस्ताब बमोजिम अध्यायन गरी उपसमितिको कार्यक्षेत्रभित्र पर्ने प्रस्तावित संविधानको प्रारम्भिक मस्यौदा तयार पार्नेछ ।