
काठमाण्डु, १६ जेठ – उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार संचालनका बिषयलाई लिएर एमालेले गुनासो गर्नु उपयुक्त नरहेको बताएका छ ।
नेपाल प्रेस युनियन चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा सिंहले सयुक्त सरकार सञ्चालनको संस्कृतिबाट वर्तमान सरकार अघि बढेकाले गुनासो नगर्न समेत आग्रह गरे ।
सिहंले एमालेसँगको सहमति बिना कुनै पनि निर्णय नभएको बताए । संविधानसभा बाहिर रहेका दललाई पनि सभाभित्र ल्याउने तयारी भइरहको सिंहको भनाई छ ।
२६ जना सभासदका बारेमा उनले राजनीतिक सहमतिका आधारमा हुनुपर्ने हुँदा ढिला भएको बताए ।