आइपिएलमा चेन्नई र पञ्जाव भिड्ने

काठमाण्डु टुडे २०७१ जेठ १६ गते २:३८ मा प्रकाशित

iplकाठमाण्डु, १६ जेठ -क्रिकेट आईपिएलको फाइनल प्रवेशका लागि आज चेन्नई र पञ्जाबबीच प्रतिस्पर्धा हुदैछ ।

भारतको मुम्बाईमा रहेको वाङखडे रंगशालामा नेपाली समय अनुसार बेलुकी सवा आठ बजे खेल सुरु हुनेछ ।

समुह चरणमा शीर्ष स्थान हात पार्दै प्ले अफमा प्रवेश गरेको किङस इलेभेन पन्जाब फाइनल प्रवेशका लागि भएको पहिलो क्वालिफायर खेलमा कोलकत्ता नाईट राईडस्संग पराजीत भएको थियो ।

यसैगरी समुह चरणमा तेस्रो स्थान हात पार्दै प्ले अफमा प्रवेश गरेको चेन्याईले प्ले अफ खेलमा साबिक बिजेता मुम्बाई इन्डियन्सलाई पराजीत गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

पन्जाब जर्जियो बेलेको कप्तानीमा तथा चेन्नई महेन्द्र सिह धोनीको कप्तानीमा मैदानमा उत्रदैछ । आजको बिजेता टोलीले आईतबार कोलकत्ता नाईट राईडर्स्संग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us