
काठमाण्डु, १६ जेठ –व्यवस्थापिका संसदको दोस्रो अधिवेशन आजदेखि सुरुहुदैछ । दिउँसो संविधानसभा नयाँ वानेश्वरमा वस्ने गरी व्यवस्थापिका संसदको बैठक वोलाइएको छ ।
बैठक सुचारु भएसंगै संसदको दोस्रो अर्थात वर्षे अधिवेशन सुरु हुनेछ । आजको बैठकमा सरकारले आगामी वजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफलको प्रस्ताव पेश गर्नेे बताईएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति डाक्टर रामवरण यादवले गत जेठ २ गते संसदको दोस्रो अधिवेशन आजका लागी आह्वान गर्नुभएको थियो ।
राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा एकको ब्यवस्था बमोजिम ब्यवस्थापिकाको वर्षे अधिवेशन आव्हान गरेका हुन् ।
सरकारले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने प्रयोजनका लागि आह्वान भएको अधिवेशनलाई वजेट अधिवेशनका रुपमा समेत चिनिँदै आएको छ । व्यवस्थापिका संसदको पहिलो अर्थात हिउँदे अधिवेशन बैशाख १६ गते अन्त्य गरिएको थियो ।