‘नेपाल चीनको असल साझेदार’

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १७:०३ मा प्रकाशित

काठमाण्डु–चिनिया प्रधानमन्त्री ली ख छयाङले दुई मुलुक वीच साझेदारी सम्बन्धलाई अझै उचाईमा उठाउन चीन इच्छुक रहेको प्रष्ट पारेका छन ।li

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालालाई शुभकामना सन्देश पठाउँंदै प्रधानमन्त्री ली ख छयाङले दुइ मुलुक वीचको मैत्रीपूर्ण सहयोग आदान प्रदान र व्यवहारिक सहयोगलाई सवल बनाएर दीर्घकालसम्म मैत्रीपूर्ण समन्वयकारी भूमिका निर्वाह गर्ने चाहना व्यक्त गरेका हुन ।
नेपालको आर्थिक तथा सामाजिक विकासका लागि चीनले निरन्तर सहयोग गर्ने पनि उनले बताएका छन । एक चीन नीतिलाई नेपालले सम्मान गरेकोमा प्रशंसा गर्दै प्रधानमन्त्री ख छयाङले नेपाली जनताबाट आफनो अवस्था बमोजिम स्वतन्त्र रुपमा छानिएका सामाजिक र विकास प्रणालीलाई चीनले सम्मान र समर्थन गर्ने पनि आफनो शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
नेपाललाई चीनले असल छिमेकी,साथी र साझेदारको रुपमा चित्रण गरेको छ । ‘आपसी सम्बन्ध छिमेकी मुलुक वीच समान तथा मैत्रीपूर्ण सहअस्तित्वको एक नमूना हो’उनले भनेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us