
काठमाण्डु–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो मुलुकले चीनले हासिल गरेको उपलब्धीबाट सिक्ने इच्छा लिएको बताएका छन । चिनिया प्रधानमन्त्री ली ख छयाङले दिएको बधाई सन्देश ग्रहण गर्दै भारतीय प्रधानमन्त्री मोदीले त्यस्तो इच्छा व्यक्त गरेका हुन । दुवै प्रधानमन्त्री वीच बिहिवार टेलिफोन वार्ता भएको थियो ।
भारत सरकारले रणनीतिक दृष्टिकोणबाट दौत्य सम्बन्ध माथि ध्यान दिइ दुई पक्ष वीच विभिन्न सहयोग बढाएर साझा विकास गर्ने इच्छा लिएको पनि मोदीले बताएको चिनिया समाचार एजेन्सीहरुले जनाएका छन । सो अवसरमा चिनिया प्रधानमन्त्री ली ख छयाङले चीनले भारतसँग आपसी विश्वासलाई बढाएर विश्व तथा क्षेत्रीय शान्ति,स्थिरता र समृद्धिको लागि योगदान गर्ने इच्छा लिएको भारतीय प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए ।
नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चीन,नेपाल र भारतका वीचमा त्रिदेशीय रणनीतिक समझदारी विकास गरेर क्षेत्रीय शान्ति,स्थिरता र समृद्धि चाहेको बताउँंदै आएका छन । एमाओवादी अध्यक्ष दाहालले गत बर्ष चीन र भारतको भ्रमणमा सो विषयलाई जोडदारका साथ अगाडि बढाएका थिए ।