भारतमा मोदी आउँदा कमल थापा खुसी

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ बन्ने संविधानमा सनातन दिन्दू राष्ट्र स्वीकार नगरिए संविधान नमान्ने बताएका छन् ।

kamal thapa
पार्टीको हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा भएको पत्रकार सम्मेलनमा थापाले सनातन हिन्दू राष्ट्र पार्टीको बटमलाइन भएको बताए ।

‘यो पार्टीको महाधिवेशनको निर्णय हो’, थापाले भने, ‘यसबाट हामी दायाँबायाँ गर्न सक्दैनौं ।’ थापाले संविधान निर्माणका क्रममा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा सहमति नभए जनमत स्रग्रहमा जानुपर्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा उनले पार्टीले भ्रष्टाचार अन्त्य र स्थानीय निकायको निर्वाचन माग गरेर छिट्टै देशव्यापी आन्दोलन थाल्ने बताए । अब बस्ने केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने जानकारी दिए ।

थापाले भाजपाको जितमा आफूहरु खुसी भएको बताए । ‘हामी पनि हिन्दूवादी भाजपा पनि  हिन्दूवादी’, थापाले भने, ‘उसको जितमा खुशी छौं, बधाई दिन चाहन्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us