भारतीय संसद्को पहिलो अधिवेशन जुन ४ देखि

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १५:०६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– भारतको नवगठित सरकारले संसद्को पहिलो अधिवेशन आगामी जुन ४ देखि १२ सम्मलाई तोकेको छ ।
नरेन्द्र मोदी नेतृत्वकको मन्त्रिमण्डलको बिहीबार बसेको बैठकले संसद्को पहिलो सत्र जुन महिनाको ४ बाट सुरु गर्ने निर्णय गरेको हो ।

सो अधिवेशनमा लोकसभाका सदस्यहरुको शपथ ग्रहण तथा राष्ट्रपति प्रवण मुखर्जीको विशेष उपस्थिति रहने संसदीय कार्यमन्त्री बैनकैया नायडले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री मोदीले सय दिनको कार्ययोजना बनाउनका लागि निर्देशन दिएकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन् .।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us