काँग्रेस अझै गणतन्त्रवादी हुन सकेनः गगन

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– काँग्रेस युवा नेता एवम् सभासद गगन थापाले आफ्नो पार्टी अझै गणतन्त्रवादी gaganहुन नसकेको बताएका छन् ।
रिपोर्टर्स क्लबमा बिहीबार भएको कार्यक्रममा थापाले काँग्रेस गणतन्त्रको भावनाअनुसार अघि बढ्न नसकेको बताए ।

मुलुकमा गणतन्त्र आए पनि शासनसत्तामा बस्नेहरुको मानसिकता परिवर्तन हुन नसकेको भन्दै पहिला नेताहरुलाई नै गणतन्त्रवादी बनाउनु पर्ने बताए ।

थापाले राजनीतिक दलहरुले नेपालका संस्थाहरु गणतन्त्रको भावनाअनुसार चलाउन नसकेको तर्क गरेएमाले नेतृ रामकुमारी झाँक्रीले नेताहरुले बाध्यतापूर्वक गणतन्त्र स्वीकारेको भान भएको बताइन् । नेताहरुले गणतन्त्रको स्वामित्व ग्रहण गर्ने नसकेको उनको भनाइ थियो ।
संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले जनआन्दोलनको मर्म र भावनाअनुसार काम हुन नसके पनि हतोत्साहित हुने बेला भइनसकेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us