ओलीलाई लक्षित गर्दै नेपाल भन्छन्ः डनवाद, धनवाद र डनवादले पार्टी डुबायो’

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले डनवाद, धनवावद र गनवादले पार्टी बिग्रिएको बताएका छन् ।

madhav nepal 2राजधानीमा बिहीबार भएको आफू पक्षधार भातृ संगठनका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले तीनवादले पार्टी ध्वस्त बनाएको बताए ।

नको संकेत अर्का नेता केप ओलीतर्फ लक्षित थियो । ‘पार्टीका केही नेताले डनवाद, धनवाद र गनवादलाई संरक्षण दिएका छन्’, नेपाले भने, ‘यसले सिंगो पार्टीलाई दूषित बनाउनेृ खतरा छ ।’
भेलामा युवा संघ, अनेरास्ववियु, पेशागत महासंघसहित करिब दर्जन भातृसंगठनका नेता कार्यकर्ता सहभागी थिए ।

नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका नेपाले मुलुकका विभिन्न भागमा आफ्नो समूहको भेला तीव्र पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us