
काठमाण्डु, १५ जेठ – गोंगबु–४ मिलनटोलस्थित वाग्लुङ गेष्ट हाउसको ८ तला माथिबाट खस्दा लमजुङ जिल्ला भोटेओडार–८ घर हुने ७ वर्षीय प्रसान्त घलेको मृत्यु भएको छ ।
घले जेठ १४ गते उक्त ठाउँबाट खसेर घाइते भएपछि उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सो समन्धमा अनुसन्धानको लागि धादिङ जिल्ला चेम्जोङ–४ घर भई हाल सोही गेष्ट हाउसमा बस्ने १५ वर्षीया विना तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।