भिडियोमा नाचेरै जिन्दगी फेर्नेहरु

काठमाण्डु टुडे २०७१ जेठ १५ गते ४:५५ मा प्रकाशित

shankarbcकहिले म्यूजिक भिडियोमा त कहिले चलचित्रमा नाच्नेहरुको जिन्दगी रंगिन छ ।

टेलिभिजनका पर्दामा कम्मर मर्काउँदै नाचिरहेकाहरुलाई देखेर धेरैलाई त्यस्तै बन्ने रहर पनि लाग्दो होला । तर त्यसरी नाच सिकेर कलाकार बन्न जति गाह्रो छ, शुरुवाती दिन उत्तिकै कष्टकर पनि हुन्छन् ।

म्यूजिक भिडियोमा अहिले धेरै छाएका र धेरैले मनपराएका नृत्यकार हुन् शंकर बिसी । बिसी भन्छन‘ कामलाई निरन्तरता दिन निक्कै अप्ठ्यारो छ, तर मेहनेत गर्नेलाई यो क्षेत्र निक्कै पराकिलो छ । ’

२०५१ सालदेखि नृत्यमा लागेका शंकर बिसीले अहिलेसम्म झण्डै ६ सयवटा गीतमा नाचिसकेका छन् । निर्देशन गरेका म्यूजिक भिडियो पनि १२ सय पुगिसके । पहिले रहरले यो क्षेत्रमा पसेका शंकरको नाचेरै जीवनशैली फेरिइसकेको छ ।

शंकर भन्छन् ‘ काठमाण्डूको बसाई, जिन्दगी चलेकै छ , साथीभाइहरुर्ला टिट दिन सक्ने भएको छु यो सवै नृत्यले नै हो । ’ यो पेशामा व्यवसायिक रुपमा लाग्ने धेरै भएपनि टिक्ने भने थोरै छन् ।

शंकर बिसीसँगै प्रायजसो गीतमा संगै नाच्ने अर्की नृत्याङ्गना सम्झना बुढाथोकीले नाचेरै संसार फेरेकी छन् । झण्डै ४ सय गीतमा नाचिसकेकी सम्झनाको बास अहिले देशमा भन्दा बिदेशमा धेरै हुन्छ ।

shamjhana budhathoki2सम्झना भन्छिन् ‘ दोहोरी गीतले मलाई चिनायो । लगनशील हुनुको फाइदा हो यो । ’

लोक र आधुनिक गीतका म्यूजिक भिडियोमा नाच्नेहरु मध्ये थुप्रै चलचित्रमा पनि पसेका छन् । पहिले चलचित्रका गीतमा नायक नायिकाको पछाडी नाच्नेहरु अहिले व्यवसायिक कलाकारमा दरिएका छन ।

सवैलाई भावुक गराउने मिलन बिछोडका गीतका भिडियोमा देखिने रञ्जिता गुरुङ्गलाई कामको भ्याई नभ्याई छ ।

गोर्खा पल्टन चलचित्रमा नायिका बनेर खेलिसकेकी रञ्जितालाई नाम र दाम अभिनय र नृत्यबाट नै मिलेको छ । रञ्जितासँगै महेन्द्र गौतम, पार्वती राई, नरेश रेग्मीलगायतका धेरै यो क्षेत्रमा जमेका छन् ।

अहिले कपाल रंग्याएर, पैसा बोकेर कलाकार बन्न आउनेको भिड छ । तर त्यसरी आउनेहरु नदि बन्न सक्दैनन्, खहरे मात्रै हुन्छन् । मेहनत गर्नेहरुले भनें नाम, काम र दाम बरावरी पाएका छन् ।

कृष्णफिल्मका संचालक उज्ववल केसीले नाच्न सिकाउन थालेको २० बर्ष भयो । उहाँ राम्रो गरेका आफ्ना चेलाचेली देखेर खुशी छन् ।

केसी भन्छन् ‘ हिजो सिकाएकाहरुले राम्रो गरेका छन् । यो सवै भन्दा ठूलो खुशी हो । ’

खोज्ने हो भनें अवशर जहीं हुन सक्छ । तर त्यसका लागि चाहिन्छ निरन्तरको मेहनत, लगनशिलता र धैर्य । यो कुरा नाचेरै सुखसयलको जीवन चलाएकाहरुले पनि त प्रमाणित गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us