कृष्ण सेन स्मृति अक्षयकोष स्थापना

काठमाण्डु टुडे २०७१ जेठ १३ गते ४:०२ मा प्रकाशित

बनेपा, १३ जेठ– काभ्रेमा कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार लागि अक्षयकोष स्थापना गरिएको छ ।

krishna senयुवा व्यवसायी रामबहादुर गौतमले सेनको बाह्रौं स्मृति दिवस पारेर बनेपामा मंगलबार आयोजित कार्यक्रममा  एक लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोष बराबरको चेक व्यवसायी गौतमले क्रान्तिकारी पत्रकार सङ्घ काभ्रेका अध्यक्ष यदुनाथ देउपुरेलाई हस्तान्तरण गरे । अक्षयकोषबाट बर्सेनि जिल्लामा क्रियाशील एक जा पत्रकारलाई पुरस्कृत गरिनेछ ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले नेपाली पत्रकारिताका लागि सेन आदर्श व्यक्ति भएको उल्लेख गर्दै राज्यले सहिद घोषणा गर्नुपर्ने बताए । उनले पत्रकारितामा राज्यले विभेदकारी नीति ल्याएको गुनासो गरे ।
कार्यक्रममा एमाओवादी काभ्रेका संयोजक दीनानाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष नारायण सापकोटा, प्रेस चौतारी काभ्रेका अध्यक्ष नवराज बजगाईं, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला लगायतले सेन हत्याका दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us