पाँच किलो चाँदीसहित दुई पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ १३ गते १४:३६ मा प्रकाशित

सिरहा, १३ जेठ– सगरमाथा अञ्चलकै प्रमुख व्यापारिक बजार लहानबाट भारततर्फ अवैध रुपमा लग्दै गरेको पाँच किलो चाँदीसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत हबरा जिल्ला जगतबलपुर बरगछियाका इब्राहिम मुलिक र सोही ठाउँका अमिर मिद्दा रहेको सिरहाका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका मुलिक र मिद्दाले लामो समयदेखि सिरहा नगरपालिका–१ मा डेरा लिई सुनचाँदीको सफाइ र छिलाइको काम गर्दै आएका थिए ।
स ३ प ९५०३ नम्बरको मोटरसाइकलमा सिरहातर्फ आउँदै गरेको अवस्थामा गुलरियामा प्रहरीले रोक्न खोज्दा उनीहरु तीव्र गतिमा भागेका थिए । उनीहरुलाई पछयाएर सीमावर्ती माडरबाट पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक जोशीले बताए ।

दुवैजनाबाट पााच किलो ६०० ग्राम चाादी र ७.१० ग्राम सुन बरामद गरिएको र त्यसलाई जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको उनले बताए ।
पक्राउ परेका मुलिकले आफूहरुले लहानस्थित विकास शारदाको पसलबाट सुनचाँदी खरिद गरेर ल्याएको तर खरिद गरेको बिल पसलेले नदिएको बयान दिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us