इजरायलमा बस्ने नेपालीले गरे सहयोग

काठमाण्डु टुडे २०७१ जेठ १३ गते ६:०९ मा प्रकाशित

चितवन, १३ जेठ – चितवन समाज इजरायलले आफ्नोजिल्लामा रहेको अनाथ बालबालिका संरक्षण केन्द्र र मृगौला पिडितलाई एक लाख एक हजार बराबरको आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

संस्थाले चितवनको रत्ननगर नगरपालीका बकुल्लहरमा स्थापना गरिएको अनाथ बालबालिका संरक्षण तथा आवाश केन्द्रमा आश्रित अनाथ बालबालिकाहरुको अध्ययन र खानपिनको लागि नगद पचास हजार रुपैया सहयोग गरेको हो ।

साहाराको घरमा बझाङ्ग, तनहुँ ,चितवन लगायतका जिल्लाहरुबाट १० जना अनाथ वालिकाहरु आश्रित छन् । साथै कल्याणपुर गाविस ६ का नौ बर्षिय मृगौला रोगी मुकुन्दराज पौडेलको उपचारका लागी सहयोगार्थ रु एकाउन्न हजार हस्तान्तरण गरेको छ । उनको दुबै मृगौलाले काम गर्न छाडेपछी सहयोग गरिएको हो ।

बकुल्लहर स्थित साहाराको घरमा एक कार्यक्रम विच उक्त रकम हस्तान्तरण गरिएको हो । चितवन समाज इजरायलकी सचिव सुमित्रा पौडेल नेपाल आएको बेलामा इजरायलबाट संकलन गरि पठाईएको रकम साहाराको घरकी अध्यक्ष कुसुम तिवारी र मृगौला रोगी पौडेलकी आमा अम्बिका पौडेललाई हस्तान्तरण गरिएको हो ।

इजरायलमा कार्यरत चितवनेहरुको साझा संस्था चितवन समाजको स्थापनाको उद्धेश्य बारे प्रष्ट पार्दै सचिव पौडेलले यो संंस्था नितान्त परोपकारी काममा लागेको बताइन् । अहिलेको अवस्थामा आफ्नो जिल्लामा दुख पिडामा परेको व्यक्तिहरु , अनाथ तथा असाहाय बालबालिकाको सहयोग संस्थाको पहिलो प्राथमिकतामा पर्ने स्पष्ट पारिन् ।

त्यस्तै डेनमार्कमा बस्दै आएका सोम सापकोटा तथा निर्मला सापकोटाकी छोरी सोनीया सापकोटाको जन्मदिनको अवसर पारेर साहाराको घरलाई स्टेशसनरी सहयोग गरिएकोे छ । आमा निर्मला सापकोटाले सहाराको घरकी अध्यक्ष तिवारीलाई स्टेशनरी हस्तान्तरण गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us