काजकिरिया गरेको सात वर्षपछि जीवितै फिर्ता

काठमाण्डु टुडे २०७१ जेठ १३ गते २:४९ मा प्रकाशित

इलाम, १३ जेठ – मृत्यु भएको भनी काजकिरिया गरेको सात वर्षपछि एक व्यक्ति घर फर्किएपछि गाउँनै अचम्ममा परेको छ ।

२०२६ देखि बेपत्ता रहेको इलाम नगरपालिका–९ का तीर्थबहादुर श्रेष्ठ घर फर्कदा सारा गाउँनै अचम्ममा प¥यो यो के भयो, मरेको मान्छे पनि फर्किए भनेर श्रेष्ठका भतिजा अनिल श्रेष्ठले बताए ।

‘बुद्धजयन्तीको अवसर पारेर टुप्लुक्क घर आइपुग्दा हामी छक्क प¥यौँं, साँच्चै हो कि सपना जस्तो भयो’ – भतिजा अनिलले उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us